काठमाडौँ, २६ चैत । पछिल्लो समय दैनिक ३ हजार ३२७ नेपाली रोजगारीका लागि औपचारिक रूपमा विदेशिइरहेको सरकारी तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको फागुनमा श्रमस्वीकृति लिएर ९९ हजार ८३९ नेपाली विदेशिएका छन् । यो पोहोर फागुनको तुलनामा २३ दशमलव २९ प्रतिशत बढी हो । पोहोर फागुनमा ८० हजार ९७७ नेपाली श्रमस्वीकृति लिएर…