प्रधानमन्त्रीले भने –सरकार चलाउन मोर्चा गर्नु परेको छ, त्यसैले अप्ठ्यारो छ

काठमाडौ २२ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेपनि संविधानलाई कमजोर बनाउने र त्यसलाई उल्टाउने विभिँन्त्र ठाउँहरुबाछ प्रयास भैराखेको वताएका छन । माओवादीनिकट सहकारीकर्मीहरूको भेलालाई सम्बोधन गर्दै संघीयता र समानुपातिक समावेशिता मन नपराउनेहरूबाट संविधान विरोधी गतिविधि भइरहेको बताए। उनले भने, ‘अहिले निकै चुनौतीपूर्ण अवस्थामा नेतृत्वको अवसर प्राप्त भएको छ। सजिलो छैन। अर्थतन्त्रको कुरा सुनिराख्नुभएको छ।…