काठमाडौँ, २० चैत । काठमाडौँका धारामा आइरहेको मेलम्चीको पानी वर्षा लागेपछि बन्द हुने भएको छ । वर्षामा पानी ल्याउनेगरी तयारी अघि नबढेकाले वर्षा लागेपछि पानी बन्द हुने भएको हो । तीन वर्षअघि मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनर्निर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि वर्षामा पानी नआउने मेलम्ची खानेपानी विकास समितिले…