कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप

काठमाडौँ, १४ चैत । सत्तारूढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिरहँदा नेपाली कांग्रेसभित्र मन्त्री बन्न सांसदहरूको दौडधुप बढेको छ । कांग्रेसभित्र नेता र गुट अनुसार ‘कोटा’मा मन्त्री बाँडफाँट गर्ने गृहकार्य भइरहेको छ । शेरबहादुर देउवालाई संसदीय दलको नेतामा मत दिएका नेताहरू सभापति देउवाको धुम्बाराहीस्थित निवासमा धाइरहँदा इतर समूहका नेता डा.…