कर्मचारी सरुवामा मनपरी

काठमाडौँ, ३१ भदौ । बिनामापदण्ड र बिनाकार्यविधि विभिन्न मन्त्रालयले आफूमातहतका कर्मचारीहरूको धमाधम सरुवा गर्न थालेका छन् । यसबाट कर्मचारी वृत्तमा असन्तुष्टि पैदा भएको छ । तर, केही कर्मचारी भने खुसी भएका छन् । अहिले सरुवाको मौसम हो । सामान्यतया साउनमा एक मन्त्रालयबाट अर्को मन्त्रालय, भदौमा मन्त्रालयभित्रै एक विभागबाट अर्को विभाग, एक कार्यालयबाट अर्को कार्यालय र असोजमा विभागभित्रै एक कार्यालयबाट अर्को…