स्थानीय तहले फर्काएका ३० उपसचिव ‘घर न घाटका’

काठमाडौँ, १० चैत । नगरपालिकामा ‘निमित्त’ झिक्न केन्द्र सरकारले खटाएका ५० उपसचिव (प्रमुख प्रशासकीय अधिकृत) मध्ये ३० जनालाई विभिन्न स्थानीय तहहरूले हाजिर नगराई फर्काइदिएका छन्। स्थानीय तहले फर्काएका उपसचिवहरूलाई संघीय मामिला मन्त्रालयले समेत हाजिरी गराएको छैन, जसबाट एक महिनादेखि उनीहरू घर न घाटका भएका छन्। शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका ५६ उपसचिवमध्ये ५० उपसचिवलाई संघीय…