करको दायरा बढाउन मन्त्री महतलाई व्यवसायीको सुझाव

काठमाडौँ, २२ चैत । अर्थमन्त्री डा. प्रकाशशरण महतलाई करको दायरा बढाएर राजस्व संकलनको लक्ष्य पूरा गर्नुपर्ने सुझाव नेपाल चेम्बर अफ कर्मसले दिएको छ । अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्रीसँग भेट गरी उक्त सुझाव दिएको हो । चेम्बरले करको दर वृद्धि गर्नुभन्दा दायरा बढाउनुपर्छ । यसका लागि नागरिकतासँगै प्यान कार्डको पनि व्यवस्था गर्नुपर्ने धारणा राखेको छ…