विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई सम्मान गर्ने बागमती प्रदेश सरकारको घोषणा

हेटौँडा, ३ चैत । विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेशका खेलाडीहरू समेत सम्मिलित उक्त टिमलाई जितको लागि बधाई दिँदै थप प्रगति र सफलताको लागि शुभकामना दिएका छन् । प्रदेश सरकारको तर्फबाट…