तमु ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्ः कार्यवाहक सभापति खड्का

काठमाडौँ, १५ पौष । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तमु (गुरुङ) जातिको पर्व तमु ल्होसारले नेपाली समाजमा आपसी विश्वास, एकता र सद्भावलाई थप सुदृढ गर्दै समृद्ध राष्ट्र निर्माणतर्फ अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् । तमु ल्होसारको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ल्होसारलाई तमु जातिको नयाँ वर्षका…