काठमाडौँ, १५ कार्तिक । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीलाई एकीकृत बनाइने बताएका छन् । आज काठमाडौँमा आफूनिकट नेताहरूको भेलामा सहभागी हुन पुगेका उनले पार्टीलाई पुनर्गठन/गठन गरेर एकीकृत बनाइने बताएका हुन् । पार्टीलाई सिंगो बनाउन अहिले टुक्रा भएको खनालले टिप्पणी गरे । उनले उचित वातावरण बनाए नेकपा (एमाले)मा फर्कन कुनै आपत्ति नरहेको बताए…