भ्रष्टाचारको अखडा बन्दै स्थानीय तह

काठमाडौँ, २९ फागुन । सरकारी रकम हानिनोक्सानी गरेको कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नगरपालिका–१० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले शुक्रबार वडाध्यक्ष मैनालीसहित गौरी कुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध बिगो, कैद र जरिवाना मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो। तीनैजनाविरुद्ध ९ लाख ३६ हजार रूपैयाँ बिगो मागदाबी गरिएको…