काठमाडौँ, १४ चैत । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटरब्याजी पीडितका मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूका माग सरकारले पुरा गर्नैपर्ने बताएका छन् । आज बानेश्वर पुगेर पीडितहरूलाई भेट्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘तपाईंहरूका माग जायज छन् । तपाईंहरुमाथि अन्याय भएको छ । यो अन्याय सच्चिनुपर्छ ।’ उनले पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन…