राष्ट्रपति चुनाव लक्षित गर्दै ८ दलले बनायो कार्यदल, को-को छन्?

काठमाडौँ, १५ फागुन । राष्ट्रपति चुनावलाई लक्षित गर्दै ८ दलले कार्यदल बनाएका छन् । कार्यदल संयोजकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का छन् । आइतबार बालुवाटारमा बसेको बैठकले राष्ट्रपति निर्वाचनको तयारीका लागि कार्यदल गठन गरेको हो । ८ दलबाट एक-एक जना रहने गरी कार्यदल बनाइएको हो । कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आ–आफ्नो पार्टीको जिम्मा लिनुपर्ने…