राष्ट्रपतिमा ‘कांग्रेस उम्मेदवार कठपुतली छाप, एमालेको चन्द्र सूर्य’: पूर्वमन्त्री बाँस्कोटा

काठमाडौँ, १५ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँकस्कोटाले आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कांग्रेससहितको ८ दलीय गठबन्धनले उठाउने राष्ट्रपतिका उम्मेदवार कम्फरटेवल कठपुतलीको छाप भएको दावी गर्नुभएको छ । कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवार रबर छाप हुने र कांग्रेसले उठाएको साझा छाप हुने बताएपछि पूर्वमन्त्री बाँस्कोटाले कटाक्ष…