प्रधानमन्त्रीलाई विप्लवको प्रश्न : चुनाव गर्न चाहेको को कि युद्ध ?

काठमाडाैँ, ११ पौष । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले वर्तमान सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रम शिविरहरुमा प्रहरीहरुले अपरेशन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्ने चेष्टा गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले…