प्रदर्शनकारीलाई जिम्मेवार ढंगले प्रस्तुत हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ, ८ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई विचार गरेर जिम्मेवार ढंगले प्रस्तुत भइदिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको उच्चस्तरीय बैठकपछि उनले विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको जानकारी आफूले पाएको पनि बताए । उनले भने, ‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौं । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको…