काठमाडौँ, १० फागुन । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न सरकार गम्भीर भएर लागिपरेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकपश्चात् संसद् भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले लघुवित्तमा देखिएको वर्तमान समस्या समाधानका लागि सरोकारवालासँग गम्भीर रूपमा छलफल भइरहेको बताए । उनले भने, “लघुवित्तका समस्याको सम्बन्धमा ध्यानाकर्षण भएको मात्रै होइन, यो…