अग्नि सापकोटा माओवादीको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौँ, २१ माघ । पूर्व सभामुख अग्नि सापकोटा नेकपा (माओवादी) केन्द्रको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । सापकोटालाई माओवादीले पार्टी केन्द्रको उपाध्यक्ष बनाउने तयारी गरेको छ ।