निर्वाचनमा अन्तरघात गर्नेहरुमाथि जसपाले स्पष्टीकरण लिदै

काठमाडौँ, १९ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा घात अन्तरघात गर्नेहरुमाथि स्पष्टीकरण सोध्ने कामलाई तिव्रता दिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापा संयोजकत्वको छानवीन समितिले जिल्ला जिल्लामा पुगी निर्वाचनको समयमा पार्टी हित विपरीत कार्य गरेको आरोप लागेका नेता, कार्यकर्ताहरुको विवरण संकलन गर्ने र बयान लिने कार्य गरिरहेको छ । समितिको टोलीले…