काठमाडौँका सुकुमवासीको ज्यान जोगाउन डोजर चलाइएको हो : बालेन शाह

काठमाडौँ, २० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले झापाका सुकुम्वासीसँग भेटेका छन् । झापा–५ मा उम्मेदवार रहेका बालेनले मंगलबार बिहान झापाको कमल गाउँपालिकामा रहेको बस्ती पुगेर सुकुमवासीसँग भेटघाट गरेका हुन् । बालेन आफ्नो बस्ती पुग्दा स्थानीय सुकुमवासीले काठमाडौँको सुकुमवासी बस्तीमा डोजर चलाएको प्रसंग उठाएका छन् । यस्तै ‘बालेन आएपछि झापामै बसिरहेका सुकुमवासीलाई पनि…