सामुदायिक विद्यालयको गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक : मुख्यमन्त्री आचार्य

अर्घाखाँची, ६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान आवश्यक रहेको बताएका छन् । आफूले अध्ययन गरेको अर्घाखाँचीको मालारानी गाउँपालिका–६, रतनमारेस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजित पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रममा मुख्यमन्त्री आचार्यले विद्यालयको विकासमा पूर्वविद्यार्थीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् । विद्यालयबाट शिक्षा हासिल गरी विभिन्न…