काठमाडौँ, ५ कार्तिक । जेन-जी आन्दोलनपछि चुनावी प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक राजनीतिक दलहरूसँग छलफल गरेकी छन् । प्रधानमन्त्रीले दलका नेताहरूसँग 'पर्यवेक्षक' राखेर गरेको संवादमा गृहमन्त्री ओम अर्यालका अभिव्यक्ति र गतिविधिको आलोचना भएको छ । चुनाव गराउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने जिम्मेवारीमा रहेका गृहमन्त्री अर्यालले दलका नेताहरूलाई लक्षित गर्दै दिएका अभिव्यक्ति…