काठमाडौँ, ७ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गएको निर्वाचनमा अर्कै पार्टीका लागि भोट माग्ने नेता–कार्यकतालाई कारबाही गर्ने चेतावनी दिएका छन् । आज पार्टीको रौतहट–काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा गरेको सम्मान कार्यक्रममा बोल्दै उनले रौटहटमा केही नेता–कार्यकर्ताले समानुपातिकतर्फ घण्टीमा मत मागेको खुलेको बताए । त्यस्तो कार्यमा संलग्न नेता–कार्यकतालाई कारबाही गर्ने चेतावनी उनले दिए ।…