काठमाडौँ, १८ माघ । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले परराष्ट्र नीति–२०७७ लाई समयसापेक्ष बनाउन आवश्यकताअनुसार विज्ञसँग परामर्श गरिने बताएकी छन् । उनले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा बदलिँदो केही परिस्थितिअनुसार पनि परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन आवश्यक रहेको उल्लेख गरिन् । उनले मन्त्रालयबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताउँदै राहदानी बनाउन कामका देखिएको…