कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर गरेको छैन: महामन्त्री शर्मा

काठमाडौँ, २३ पौष । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरेको दाबी गरेका छन् । सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार पार्टी पदाधिकारीको बैठकपछि महामन्त्री शर्माले कांग्रेस तत्काल नयाँ गठबन्धन र सरकार बनाउने पक्षमा नरहेको दाबी गरेका हुन् । ‘नेपाली कांग्रेसले तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि लाग है भनेर…