प्रधानमन्त्रीद्वारा पाल्पा बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ, २२ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । प्रधानमन्त्री दाहालले आज ट्विट गर्दै बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफन्तजनमा समवेदना प्रकट गरेका छन् । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८, टाडीस्थित सालझन्डी–ढोरपाटन सडकखण्डमा गए राति बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो । दुर्घटनामा परी १८…