काठमाडौँ, १८ पौष । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई शीतलहरबाट जोगाउन सीडीओहरूलाई निर्देशन दिएका छन् । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले गुनासो नआउने गरी संबोधन गर्न निर्देशन दिए । हिमाली जिल्लाहरुमा हिमपातका कारण हुने जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा जुट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन्…