माओवादीभित्र पनि नेतृत्व हस्तान्तरणको कुरा उठ्यो

काठमाडौं१७ पुस । नेकपा माओवादीभित्र पहिलो पटक सरकारमा जानेले पार्टीको कार्यकारी जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने आवाज उठेको छ । अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित सरकारमा गएपछि पार्टी सञ्चालनका लागि कार्यकारी नेतृत्व तोक्नुपर्ने माग माओवादीमा उठेको हो । यो आवाजसँगै पार्टीको नेतृत्व तल्लो तहका नेताहरूलाई दिनुपर्ने छलफलसमेत सुरु भएको छ ।…