काठमाडौँ, १२ असार । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिका अनुसार आज समापन हुन लागेको हो । आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ । प्रवक्ता मनिष सुमनका अनुसार प्रस्तावित विधानमा…