अर्थमन्त्रीमा पौडेल आएपछि उद्योगीको आन्दोलन स्थगित

विराटनगर, १२ पौष । बैंकले चर्को ब्याज लिएको विरोधमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै उनीहरुले आन्दोलन स्थगित गरेका हुन् । सोमबार अर्थमन्त्री नियुक्त भएका पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएका थिए । अर्थमन्त्रीले वार्तामा बोलाएपछि आन्दोलन स्थगित गरेको मोरङ व्यापार संघ का…