काठमाडौं,१० मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट आगामी सत्ता साझेदारीबारे ठोस सहमति जुटेको छ । नयाँ सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्नेछन् भने राष्ट्रपति एमालेले पाउने सहमति भएको छ । स्रोतका अनुसार प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । आलोपालोको सिद्धान्तअनुसार त्यसपछिको आधा समय एमालेले सरकारको…