काठमाडौँ, ६ पौष । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसहितले पुनः मतदानको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ । बुधबार प्रारम्भिक सुनुवाइपछि सर्वोच्चको संवैधानिक इजलासबाट कारण देखाऊ आदेश जारी भएको हो । खनालले इलाम क्षेत्र नम्बर–१, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले रुपन्देही–२ र नेकपा (एमाले)का उमेदवार कर्णबहादुर…