भौतिक पूर्वाधार मन्त्री चौलागाईंको ७५ दिने कार्यकालका उपलब्धि सार्वजनिक

काठमाडौँ, १० चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईँले आफ्नो ७५ दिने कार्यकालका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन् । आज मन्त्रालयद्वारा सार्वजनिक ५० बुँदे उपलब्धिमा रणनीतिक सडक, पुल निर्माण, नीतिगत सुधार र अन्तर-मन्त्रालय समन्वयलाई मुख्य प्राथमिकतामा राखिएको छ ।मन्त्री चौलागाईँको कार्यकालमा वर्षौँदेखि अलपत्र परेका (रुग्ण) २३५ ठेक्कामध्ये ४० वटा ठेक्का तोडिएका छन्…