गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चामा सत्यता छैन : अध्यक्ष नेपाल

काठमाडौँ, २९ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता नरहेको बताएका छन् ।​ नेता नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन चलखेल भइरहेको भनेर बाहिर हल्ला गरिएपनि त्यसमा सत्यता नभएको बताएका हुन् । उनले भने, ‘गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन थालियो भन्ने चर्चा भएको मैले पनि सुनेँ,…