बाजुरामा मतगणना रोकियो

काठमाडौँ, १६ मंसिर । बाजुरामा मतगणना रोकिएको छ । मत पेटीकामा मुचुल्काभन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको हो । बाजुराको हिमाली गाउँपालिका– ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत भेटिएपछि मतगणना रोकिएको छ । प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेकोभन्दा ४० मत बढी खसेको पाइएपछि मतगणना रोकिएको हो ।