आज देशभर आम निर्वाचन : ४९५ सिटका लागि साढे पाँचहजार जना प्रतिस्पर्धामा

काठमाडौँ, ४ मंसिर । आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन् । यसैगरी १४१ अस्थायी मतदान…