नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्छ : उपमहासचिव ज्ञवाली

कास्की, ४ जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् । आज प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले शरणार्थी प्रकरणमा जोडिएकालाई छानबिन गरेर कारबाही गर्नुपर्ने बताएका हुन् । उनले एमालेले शरणार्थी प्रकरणमा जाेडिएकालाई कारबाही गरे पनि कांग्रेसले संरक्षण गरेकाे आराेप…