गृहमन्त्रीद्वारा भीआईपी सवारीमा सडक ठप्प पार्ने परम्परा अन्त्य गर्न निर्देशन

काठमाडौँ, १३ चैत । गृहमन्त्री सुधन गुरुङले विशिष्ट व्यक्तिको सवारी (भीआईपी मुभमेन्ट) का नाममा सर्वसाधारणले भोग्दै आएको सास्ती तत्काल अन्त्य गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मन्त्री वा अन्य विशिष्ट व्यक्तिहरूको आवागमनका बेला सडक ठप्प पारेर नागरिकलाई घण्टौँसम्म जाममा राख्ने कार्य अब स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।  भीआईपी सवारीका…