अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी

काठमाडौँ, १९ कार्तिक । निर्वाचन आयोगले चुनावका लागि अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको छ । आयोगका अनुसार एक/दुई दिनमै अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन हुने छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जिल्लामा रहेका प्रहरी, सेना, सशस्त्र प्रहरी र कारागारमा रहेका कैदीबन्दीको विवरण अस्थायी मतदाताको रूपमा सङ्कलन गर्न लागिएको हो…