काठमाडौँ, १८ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले भेटवार्ता गरेका छन् । बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा जानकारी गराएका थिए । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन आयोग क्रियाशील रहेको उनले…