काठमाडौँ, १६ कार्तिक । निर्वाचन आयोगले माओवादीको विना मगरलाई स्पष्टीकरण सोधेको छ । आयोगले कञ्चनपुर क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका उम्मेदवार विना मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ । मगरले निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम…