तातोपानी, १५ जेठ । नेपाल–चीन जोड्ने सीमा नाका तातोपानी ४ वर्षपछि आज बुधबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । ०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि चीनले एकतर्फी बन्द गरेको नाका बुधवार बिहान उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूतको उपस्थितिमा उन बोकेका चारवटा ट्रक नेपालतर्फ पठाइ उद्घाटन…