आजदेखि राजनीतिक दल तथा उमेदवारले चुनावी प्रचारप्रसार गर्न पाउने

काठमाडौँ, १७ कार्तिक । राजनीतिक दल तथा उमेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघि (आज)देखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ । आयोगले यसअघि जारी गरेको विज्ञप्तिमा भनीएको छ, “निर्वाचन आचारसंहिता, २०७९ को दफा…