काठमाडौँ, १५ कार्तिक । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौँको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आज आयोजित एक विशेष कार्यक्रमबीच एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले समृद्ध नेपाल सुखी नेपाली नारालाई निरन्तरता दिएको छ । घोषणापत्रको ग्यारेन्टी नम्बर ११…