काठमाडौँ, २६ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसहित बहालवाला दुई सांसदसमेत मुछिएका छन् । उक्त प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, बहालवाला सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाँणसमेत मुछिएका हुन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा तत्कालीन गृह मन्त्रालयका कर्मचारीदेखि नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका…