निर्वाचन आयोगले बालेनलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ, १९ कार्तिक । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उमेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेजसमेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्टीकरण सोधेको छ । शाहको तस्बिर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगले ध्यानाकर्षणसहित पत्र पठाएको हो । “निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट…