चितवन, २२ असोज । चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट पाएका छन् । क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ उपाध्यक्ष पाण्डे र पूर्व जिल्ला अध्यक्ष थपलियाको नाम सिफारिस भएको थियो । एमालेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।…