एमालेको सचिवालय बैठक आह्वान

काठमाडौँ, १२ असोज । नेकपा (एमाले)को सचिवालय बैठक आह्वान गरिएको छ । बैठक बिहीबारका लागि बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्नेछ । बैठकमा असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने बताइएको छ ।