कांग्रेसभित्र खैलाबैलाः संस्थापनविरुद्ध इतर पक्ष आन्दोलित

काठमाडौँ, ११ असोज । आगामी ४ मंसिरका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची विषयले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । संस्थापन पक्षले ‘एकलौटी रूपमा आयोगमा उम्मेदवारको बन्दसूची बुझाएको’ भन्दै कांग्रेसभित्रको डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्ष असन्तुष्ट बनेको हो । सो समूहका दोस्रो तहका नेताले ‘सभापतिको एकलौटी…