काठमाडौँ, ६ असोज । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । कार्यक्रममा उनले एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर भएको बताउदै उनले भने, ‘एमाले पार्टीको सदस्यता लिन पाउँदा हर्षविभोर छु, ।, मैले सातवटा प्रधानमन्त्री भोगे तर उहाँजस्तो…